राप्ती, असोज ५ । विश्व शान्ति दिवसको अवसरमा रोट्र्याक्ट क्लब अफ पूर्वी चितवनले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार साँझ राप्ती-५ स्थित भण्डारा चोकमा क्लबले दीप प्रज्वलन गरेको हो ।

क्लबले संस्थापन बर्ष देखि नै विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने गरेको क्लबकी अध्यक्ष रुसिना उप्रेतीले बताइन् । ” हरेक विश्व शान्ति दिवसमा क्लबले दीप प्रज्वलन गरेको छ । यो पहिलो बर्षको निरन्तरता हो ।” उनले भनिन् ।

कार्यक्रममा रोटरी क्लब अफ पूर्वी चितवनको अध्यक्ष प्रमात सेढाईको विशेष उपस्थिति रहेको थियो । उहाँले कार्यक्रममा बोल्दै क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको छ । क्लबको पदाधिकारीहरुको असल कार्यको प्रशंसा पनि उहाँले गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका पदाधिकारी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार