चितवन । सिमरा युवा समाजले आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगितामा झुरझुरे फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ ।

राप्ती नगरपालिका वडा नं. १ मा रहेको युवा समाजले आयोजना गरेको फुटबल खेलमा अशोज ६ गते पहिलो सेमिफाईनल खेल भएको हो । उक्त खेलमा कठार युवा क्लब र झुरझुरे फुटबल क्लब बिच रोमान्चक प्रतिस्पर्धा भएको थियो ।

पहिलो हाफमा झुरझुरे १ गोल अन्तरले अगाडि रहेको थियो भने कठार शून्य गोलमै चित्त बुझाएको हो । दोस्रो हाफको खेलको केहि बेरमै झुरझुरेले फेरी १ गोल गर्दै कठारलाई २-० ले पछि पारेको थियो । खेलको अन्तिम समयमा फेरी झुरझुरेले एक गोल गर्दै ३-० फराकिलो गोल अन्तरले कठार युवा क्लबलाई हराएको हो । यो संगै झुरझुरे फुटबल क्लब प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

फाईनल प्रवेश गरे संगै अशोज ७ गते हुने दोस्रो सेमिफाईनल खेलले को संग फाईन खेल हुने हो भन्ने टुंगो लाग्नेछ । फाईनल खेल भने अशोज १० गते दुईबजे बाट सिमरा युवा समाजको फुटबल चउरमा हुनेछ । प्रतियोगितामा प्रथम हुने समुहले नगद ५५,५५५/- सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने समुहले नगद ३५,५५५/- सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने युवा समाजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार