
सुरोज बराकोटी- राप्ती, असोज ६ । डेङ्गुको जोखिम बढेसँगै राप्ती नगरपालिकाले यसको नियन्त्रणको लागि अभियान सुरु गरेको छ । डेङ्गु मुख्य गरि लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । समयमा उपचार नभए यो प्राणघातकसम्म पनि हुन सक्दछ ।

लामखुट्टे बस्न सक्ने स्थानको खोजी गरिदैँ
राप्ती नगरपालिका वडा नम्बर २, ५ र ९ मा ४ गते देखि सञ्चालन भएको अभियान ६ गते सम्म चल्नेछ । यस्तै वडा नम्बर १, ३, ६, ७, ८ र १० मा ६ गते देखि ८ गतेसम्म अभियान सञ्चालन हुनेछ । लामखुट्टेको लार्भा पहिचान गरि नष्ट गर्ने काम गरिएको छ ।
राप्ती नगरपालिकाको स्वास्थ शाखामा कार्यरत कर्मचारीको उपस्थितिमा घर दैलो कार्यक्रम सञ्चालन गरि अभियानलाई निरन्तरता दिइएको छ ।

धेरै दिनदेखि जमेको पानी फालिदैँ
घर वरिपरि पानी जमेको ड्रम, फुलदानी, टायरहरुलाई सफा गर्ने काम गरिएको स्वास्थ शाखाको सहायक प्रमुख राममणी सिलवालले बताउनुभयो । राप्तीको तल्लो भेगका वडाहरुमा अभियान सञ्चालन गरिने पनि उहाँले बताउनुभएको छ ।