राप्ती, असोज ६ । लियो क्लब अफ चितवन स्टारले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्लबले प्राथमिक दिवसको अवसर पारेर सडक दुर्घटना न्युनीकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

बिहीबार राप्ती-५ स्थित ओमकारेश्वर मन्दिरको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको मुख्य प्रशिक्षकमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरुलाई सडक दुर्घटना न्युनीकरण गर्ने उपायबारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा राप्ती-५ का वडा अध्यक्ष सिताराम तामाङ हुनुहुन्थ्यो । यस्तै विशिष्ट अतिथिहरुमा लायन्स क्लब अफ चितवन स्टारकी पूर्व अध्यक्ष शशी महतो, लायन्स क्लब अफ चितवन स्टारका अध्यक्ष प्रशान्त अधिकारी रहनुभएको थियो । कार्यक्रमको अतिथिहरुमा लियो जिल्ला परिषद ३२५ आर अन्तर्गत एरिया ३ का उप प्रमुख नितिन क्षेत्री, रिजन ९ का रिजन चियरपर्शन निरज कँडेल हुनुहुन्थ्यो ।

लियो क्लब अफ चितवन स्टारको अध्यक्ष अविप कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्वास सिलवालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार