राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. १ मा संचालन भैरहेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनलमा झुरझुरे फुटबल क्लब र लामा स्पोर्ट्स क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक सिमरा युवा समाज रहेको उक्त प्रतियोगिताको अशोज ६ गते भएको सेमिफाईनल खेलमा कठार युवा क्लबलाई ३-० गोल अन्तरले हराई झुरझुरे फुटबल क्लब फाईनल प्रवेश गरिसकेको छ । अशोज ७ गते भएको दोस्रो सेमिफाईनल खेलमा लामा स्पोर्ट्स क्लब र भोर्ले फुटबल क्लब बिच कडा प्रतिस्पर्धा भएको थियो । खेलको अन्त सम्म कुनै पनि समुहले गोल गर्न नसकेपछि ट्राईबेकरमा लामा स्पोर्ट्स क्लबले भोर्ले फुटबल क्लबलाई हराएको हो ।

जीत संगै लामा स्पोर्ट्स क्लब र झुरझुरे फुटबल क्लबको फाईनलमा उपाधिका लागि भिडन्त हुने भएको छ । आयोजक युवा समाजले सार्वजनीक गरेको खेल तालिका अनुसार फाईनल खेल अशोज १० गते अपरान्ह दुई बजेबाट सिमराको फुटबल चउरमा हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार