राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर-५ स्थित भण्डारा बजारमा दसैं मेला लाग्ने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्टको आयोजनामा यही असोज १५ र १६ गते दसैँ मेला लाग्ने भएको हो ।

दसैँमा महङ्गी बढ्ने र सबैले चाहे अनुसार सामानहरु खरिद गर्न नसकिने साथसाथै सबै सामानहरु एकै ठाउँमा पाउने हिसाबले मेलाको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

नेपालीहरुको महान चाड दसैँलाई लक्षित गरि हुन गइरहेको मेलामा सामानहरु छानीछानी पाइने र बजार मूल्य भन्दा कम पर्ने आयोजक संस्थाको प्रबन्ध निर्देशक प्रविण खनालले बताउनुभयो । मेलामा कलाकारहरुको मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति रहने पनि उहाँले बताउनुभएको छ ।

स्टलको लागि आवेदन खुलिरहेकोले यथाशीघ्र सम्पर्कको लागि व्यवसायीहरुमा खनालले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार