राप्ती,असोज ८ । चितवनको रत्ननगरमा रहेको कामना बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्य सेवा केन्द्र पर्सा र भण्डाराको साधारणसभा शनिबार सम्पन्न भएको हो ।

विभिन्न शाखाहरुमा साधारण सभा गर्ने क्रममा दुई वटा पालिकाको सेवा केन्द्रमा एकै दिन साधारण सभा आयोजना गरिएको हो । कामनाको रत्ननगरको सिनेमा रोडमा मुख्य कार्यालय छ भने रत्ननगरकै पिठुवा, कालिकाको खोलसिमल, खैरहनीको पर्सा र राप्तीको भण्डारामा सदस्य सेवा केन्द्र स्थापना भएको छ । कामना सहकारिको भण्डारा सेवा केन्द्रमा ८२८ जना तथा पर्सा केन्द्रमा ४५१ जना सदस्य छन् ।

तस्बिर: साधारणसभा सञ्चालन हुँदै

यसैक्रममा राप्ती नगरपालिका केन्द्रको साधारण सभा नगर प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा भएको थियो । उनले स्थानीय सरकारसँग सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभामा आर्थिक  प्रतिबेदन पेश गर्दै संस्थाका कोषाध्यक्ष टेकनाथ अधिकारीले गत आर्थिक बर्षमा २ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको जानकारी दिए । आगामी बर्ष २ करोड ५१ लाख नाफा गर्ने लक्ष्य लिएको उनले बताए । सो अवसरमा सचिव सुर्य प्रसाद लामिछानेले बार्षिक प्रतिवेदन तथा लेखा संयोजक सन्दिप बराकोटीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष दिपक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती ४ का वडा अध्यक्ष केदार आचार्य ,राप्ती ५ का वडाअध्यक्ष सिताराम बल,भण्डारा सेवा केन्द्र संयोजक गिरिराज पाठक लगायतले मन्तव्य राखेका थिए ।

शनिबारनै पर्सा सेवा केन्द्रको साधारण सभा खैरहनी ६ का वडा अध्यक्ष कमल न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार