राप्ती, असोज ८ । राप्ती जेसिजले ‘जेसिज सप्ताह’ मनाउने भएको छ । भोलि आइतबार देखि शनिबारसम्म जेसिजले सप्ताह मनाउने भएको हो ।

बार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको राप्ती जेसिजकी अध्यक्ष बिन्दु सिंजाली मगरले बताइन् । जेसिज आफैमा एउटा परोपकारी संस्था भएकोले सेवामूलक कार्य गरि सप्ताह मनाउन लागिएको उनले बताइन् । “यो सबै जेसिजको बार्षिक कार्यक्रम हो । कसैले गर्छन् कसैले गर्दैनन् तर हामी चै आयोजना गर्न गइरहेका छौँ ।” उनले भनिन् ।

कार्यक्रम सदाभन्दा भिन्न हुने पनि मगरले बताइन् । मन्दिरमा फूल वृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गरिने पनि उनले बताएकी छन् । यसैगरि हरेकदिन छुट्टाछुट्टै कार्यक्रम गरि सप्ताह मनाउने उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार