राप्ती । पूर्वी चितवनमा रहेको सिमरा युवा समाजले आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनल खेलमा झुरझुरे फुटबल क्लबले उपाधि उचालेको छ ।

अशोज १० गते सोमबार भएको फाईनल खेलमा राप्ती ८ बाट लामा स्पोर्ट्स क्लब र राप्ती ३ बाट झुरझुरे फुटबल क्लब बिच कडा प्रतिस्पर्धा भएको हो । खेलको पहिलो हाप सम्म कुनै पनि समुहबाट गोल हुन सकेन । खेलको दोस्रो हाफमा झुरझुरेले दुई गोल गरि समुहलाई अग्रता दिएको थियो भने खेलको थप समयमा लामा स्पोर्टस्ले एक गोल गरेका थिए ।

फाईनल खेलमा विजय भएका झुरझुरे फुटबल क्लबले रु. ५५,५५५ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् भने दोस्रो हुने समुह लामा स्पोर्टस क्लबले रु. ३५,५५५ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका हुन ।

खेलको औपचारीक कार्यक्रममा बागमति प्रदेशका मूख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा, राप्ती नगरपालिकाका विभिन्न वडाबाट जनप्रतिनिधि लगायत राजनैतिक व्यक्तित्व, समाजसेवि, क्लबका प्रतिनिधि, प्रहरीको उपस्थिति रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार