राप्ती, असोज १० । राप्ती-११ मा टोल विकास संस्थास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । आज सोमबारबाट चिउरीटार स्थित मार्तल खेल मैदानमा वातावरण टोल विकास संस्थाको आयोजनामा सुरु भएको हो ।

राप्ती-११ का वडाध्यक्ष बुद्धिलाल स्याङ्तानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिल बहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहसँगै आज भएको खेलमा बरिनटार विजयी भएको छ । थाकलटार कत्लेखोला टोल विकास संस्था र बरिनटार कुचुर टोल विकास संस्था बीच भएको खेलमा बरिनटार १-० को अन्तरले विजयी भएको हो । दोस्रो खेलमा भने वातावरण टोल विकास संस्था र ओनेबाङ टोल विकास संस्था बीचको खेल बराबरी भएको थियो । पेनाल्टी शुटआउटमा पनि बराबर भएर खेल सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार