रत्ननगर, असोज १० । सुजुकी ब्राण्डको आधिकारिक बिक्रेता ‘साथीभाइ अटो’को नयाँ शोरुम रत्ननगर नगरपालिकामा  बिस्तार गरिएको छ । एक बर्ष अघि खैरहनीमा शोरुम सञ्चालनमा ल्याइएको थियो । घटस्थापना दिनको अवसर पारेर दोस्रो शाखाको रुपमा शोरुमको शुभारम्भ गरिएको हो ।

रत्ननगर शाखाबाट पहिलो ग्राहक

रत्ननगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कलाधर पौडेलले शोरुमको उद्घाटन गर्नुभएको हो । उहाँले कार्यक्रममा बोल्दै सञ्चालकलाई व्यवसायिक सफलताको शुभकामना दिनुभयो । पार्ट्स नपाइने कुरा बजारमा भएकोले सेवाग्राहीको मागलाई ध्यानमा राखी अगाडि बढ्न उहाँले सुझाव दिनुभयो । सुजुकी ब्राण्ड विश्वको सबैतिर अब्बल रहेकोले रत्ननगरमा पनि राम्रो रहने उहाँले बताउनुभयो ।

केक काटेर खुशीयाली साट्दै

शोरुमका सञ्चालक एकराज सेढाईले सेवामा चुस्त र दुरुस्त रहने बताउनुभयो । पार्ट्सको उपलब्धतामा आफूहरु सधैँ अगाडि रहेको पनि उहाँले बताउनुभयो । सञ्चालनमा ल्याएको केही समयमा नै खैरहनीमा ग्राहकहरुलाई उत्कृष्ट सेवा दिएको उहाँले बताउनुभयो । यसैको कुराले शाखा विस्तारमा हौसला प्रदान गरेको सेढाईले बताउनुभएको छ ।

जनप्रतिनिधि, प्रहरी, व्यवसायी लगायत स्थानीयको उपस्थितिमा सञ्चालन भएको उक्त कार्यक्रममा शोरुमका अर्का सञ्चालक दिनेश ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार