राप्ती, असोज १३ । राप्ती नगरपालिका वडा नम्बर २ ले पोषण भत्ता वितरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि गर्भवती तथा सुत्केरी आमा पोषण भत्ता वितरण गरेको हो । ‘सुरक्षित मातृत्व, हाम्रो दायित्व’ भन्ने नाराका साथ भत्ता वितरण गरिएको हो ।

वडामा रहेका गर्भवती तथा सुत्केरी आमाहरुलाई २ हजार ५ सय नगदको दरले वितरण गरिएको हो । कार्यक्रममा ३० जनालाई भत्ता वितरण गरिएको वडा सचिव सुभाष कुँवरले बताउनुभयो ।

भत्ता वितरण गर्नुहुँदै वडा सचिव शुभाष कुँवर

कार्यक्रमको अध्यक्षतामा वडाध्यक्ष श्यामसुन्दर उप्रेती रहनुभएको थियो । उहाँले यो पहिलो कार्यकाल देखि नै गर्दै आएको बताउनुभयो ।महिलाहरुको लागि यो समय संवेदनशील रहने भन्दै उचित पोषणको लागि आफूहरुले कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभएको छ ।

वडा-२ का वडा सदस्यहरु एक बहादुर ल्वागुन र शान्ति विक, क्लबका अध्यक्षहरु लगायत स्थानिय समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

भत्ता वितरण गर्नुहुँदै वडाध्यक्ष उप्रेती

यस किसिमको सेवा पाएकोमा लाभान्वितहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले वडा कार्यालयलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार