
नेकपा एमालेका नेता भीम रावल यो पटक टिकट पाउनबाट बञ्चित भएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाएका हुन् ।
उनको ठाउँमा झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।