चितवन । चितवन क्षेत्र नम्बर-१ ‘क’ तर्फ धनबहादुर गुरुङले उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसबाट प्रदेशसभा ‘क’ को लागि आकांक्षा राखेका गुरुङले आज मनोनयन दर्ताको दिन स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रदेश-१ ‘क’ मा किरण वलीले टिकट पाएका छन् । नेपाली काँग्रेस चितवन क्षेत्र नं.१ ‘क’ समितिले सिफारिस नगरेको व्यक्तिले टिकट पाएको भन्दै आफ्नो उम्मेदवारी उनले प्रस्तुत गरेका हुन् । नारायण उप्रेती, रामेश्वरसिंह वली र आफ्नो गरि समितिबाट तीन जनाकोको नाममात्र सिफारिस भएको उनको भनाइ छ ।

आफू पार्टीको लागि अहोरात्र खटेको पनि उनले बताएका छन् । पार्टी नेतृत्वले पार्टी र जनता भन्दा पनि व्यक्तिगत स्वार्थ हेरेको उनले बताए । पार्टीले जनजाति क्लष्टरको हिसाबले पनि उनलाई टिकट दिनुपर्ने उनको दाबी थियो ।

वि.सं. २०७४ को निर्वाचनमा प्रदेश ‘क’ कै उम्मेदवार बनेका गुरुङ एमालेका दावा लामासँग पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार