राप्ती, असोज २४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राप्तीबाट खेलाडी र रेफ्रि छनौट भएका छन् । यही असोज २८ गते देखि गण्डकी प्रदेशमा हुने गइरहेको प्रतियोगिताको लागि ३ जना खेलाडी र एकजना रेफ्रि छनौट भएका हुन् ।

छनौट हुने खेलाडीहरुमा ज्यावलिन थ्रो तर्फ जन्नु चौधरी, रिले र लङ जम्पतर्फ आशिका गुरुङ र आइटीएफ तेक्वान्दोतर्फ सागर नेपाली छनौट भएको नगर खेलकुद समितिका संयोजक सोम पुनले बताएका छन् । त्यस्तै आइटीएफ रेफ्रिमा सूर्य लामा छनौट भएका हुन् । संयोजक पुनले खेलाडीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार