काठमाडाैं । बरिष्ठ साहित्यकार सीता भट्टराईद्वारा लिखित ‘धराकर्षण’ महाकाव्य विमोचित भएको छ । नेपाली साहित्यमा एक दर्जन कृति प्रस्तुत गरिसक्नुभइकी भट्टराईको ‘धराकर्षण’ महाकाव्य विमोचित भएको हो ।

समालोचक तर्कना शर्माले,’जब कविताले जीवन समाज र सिङ्गो युग बोक्न सक्छ, तब महाकाब्यको जन्म हुने बताउनुभयो ।’ प्रा.डा. देवी नेपालले, ‘छन्द बिधानका बारेमा नेपाली महाकाब्य परम्पारामा असोज महिना स्वर्ण महिनाका रुपमा चित्रित भएको महशुस गरिएको बताउनु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सचिव प्रा.डा. हेमनाथ पौडेलले,’इतिहासदेखि प्राप्त ४३४ महाकाव्यहरु मध्य ३० ३५ लाइ वास्तविक महाकाब्यको कोटीमा राख्न मिल्ने बाँकी श्लोकहरुको भण्डारणका रुपमा रहेको बताउनुभयो ।

शुभकामना मन्तब्यका क्रममा बोल्दै बरिष्ठ संचारकर्मी पुरुषोत्तम दाहालले धराकर्षण सृजनात्मकता सिद्धांतमा नभइ अभिव्यक्ति स्वतंत्रताको आवाज़ हुनुपर्ने कुरामा जोड दिनुभयाे । यसैक्रममा साझा प्रकाशनका महाप्रबंधक तथा साहित्यकार प्रल्हाद पोखरेलले कविता बाचन सहित सुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव प्राज्ञ जगत् प्रसाद उपाध्यायले सर्जक सीता भट्टराईमा काब्य प्रति प्रगाढ़ अनुराग, समर्पण निष्ठा लोभलाग्दो रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले सर्जकले आफ्नो अक्षरको खेतीमा सृजनाको माध्यमबाट उच्च शिल्पको प्रयोग गरि अध्यात्म र भौतिकबादको समन्वय गरेर पाठकलाइ जीवन बदल्ने, समाज बदल्ने कर्मलाइ सुरुचिपूर्ण रुपमा प्रस्तुत गर्ने सर्जकको सृजनशीलताको उच्च प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा चर्चित युवाकवि सुदेश सत्याल लगायत राम बहादुर पहाडी, गीता सापकोटा तथा दीपशिखा मुखियाले कविता बाचन गर्नुभएको थियो ।

कवि तथा समालोचक प्रा. डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव प्राज्ञ तथा दर्शनविद् जगत् उपाध्यायको प्रमुख आतिथ्यता रहेकाे थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सचिव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. देवी नेपाल, साहित्यकार एवं साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल, महाकाब्यकार चन्द्र प्रसाद न्यौपाने, समालोचक धर्म पोखरेल, समालोचक तर्कना शर्मा, बरिष्ठ संचारकर्मी पुरुषोत्तम दाहालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार