राप्ती । राप्ती नगरपालिका-४ मा रहेको काशीरुपा आधारभूत विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्री प्राप्त गरेका छन् । सो विद्यालयमा अध्ययनरत १ सय ७० जना विद्यार्थीहरुले शैक्षिक सामाग्री प्राप्त गरेका हुन् ।

मानव सेवा समाज नेपाल अष्ट्रेलियाले विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री उपलब्ध गराएको हो । शैक्षिक सामाग्रीहरुमा कापी र कलम साथमा बिस्कुट रहेका थिए । आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको चितवन मानवसेवा समाजका संरक्षक ओमकार कँडेलले बताउनुभयो ।

सोही कार्यक्रमको अवसरमा उत्कृष्ट एकजना छात्र र एकजना छात्रालाई विद्यार्थीहरुलाई पुरस्कार स्वरुप जनही ५ हजार १ सयको दरले रकम प्रदान गर्ने घोषणा कँडेलले गर्नुभएको छ । पुरस्कार प्रदान गर्दा पढाइ, अनुशासन र क्रियाकलापलाई ध्यानमा राख्ने भएकोले सम्पूर्ण विद्यार्थीलाई प्रतिस्पर्धाको लागि तयार रहन उहाँले अनुरोध गर्नुभएको छ ।

यस्तै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको राप्ती-४ का वडा अध्यक्ष केदार आचार्यले मानवसेवाको लागि वडा सधैँ तत्पर रहेको बताउनुभयो । केही कतै यस्तो सहयोग आवश्यक परे वडालाई सम्झन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार