
मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
नियमित अवस्थामा सोमबार बैठक बस्नुपर्ने भए पनि भाइटिका परेकाले बस्न नसकेको बैठक बुधबार साँझ बालुवाटारमा बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकलाई काउण्टर दिन दिउँसो १ बजे नै मन्त्रिपरिषद् बैठक बोलाए पनि २ बजेका लागि सारिएको थियो तर ढिलो गरी सुरु भएको बैठक अहिले जारी रहेको छ।