मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि दलहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । यसै क्रममा नेकपा एमालेले जनताको घरदैलोमा पुगी आवश्यकताको पहिचान गरेका छन् । उनीहरुले जनताको गुनासो सुन्ने काम पनि गरेका छन् ।

चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा सुरेन्द्र पाण्डे, प्रदेशसभा ‘क’ मा जेएन थपलिया र प्रदेशसभा ‘ख’ मा प्रकाश खनालको उम्मेदवारी रहेको छ । तिहार अगाडिबाटै आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरेको एमालले अहिले जनताको आवश्यकतालाई बुझ्न घरदैलोमा पुगेको छ । एमालेका उम्मेदवारहरुले त्यस क्षेत्रमा आवश्यक भएका विकासको पूर्वाधारहरुको पहिचान पनि गरेका छन् ।

युवासँग नेता थपलिया

अधुरो रहेको तटबन्ध, बाटोघाटो, नाला निर्माणको काम चाँडै नै अघि बढ्ने उम्मेदवारहरुको प्रतिबद्धता रहेको छ । कार्यकर्ताहरुसँगको भेटघाटमा एमाले देश निर्माणको उद्देश्यको साथ अगाडि बढेको उनीहरु बताउँछन् । वृद्धभत्ताको सुरुवात गर्नेदेखि ४ हजार भत्ता पुर्याउने पार्टी एमाले भएको भन्दै एमालेले सधैँ जनहितको काम गरेको उनीहरुको भनाइ छ ।

सुरेन्द्र पाण्डे यसअघि वि.स. २०७० र २०७४ को निर्वाचित उम्मेदवार समेत हुन् । उनी निर्वाचित भएर आएपछि चितवन-१ मा विकासको गति अगाडि बढेको पाण्डेको दाबी छ । राप्ती खोला ड्याक निर्माण देखि खानेपानीको समस्याबाट छुटकारामा एमालेले अग्रणी भुमिका निभाएको उनको भनाइ छ ।

कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै नेता पाण्डे

जग्गा दर्ता प्रमाणपत्र (लालपुर्जा) को ऐन बनिसकेकोले अब जुन सरकार आएपनि ऐलानीमा बस्ने जनताले प्रमाणपत्र पाउने उनले बताउदै आएका छन् । एमालेको सरकार हुँदा नै कानुन निर्माण भएको उनको दाबी छ । आफू प्रतिनिधि हुँदा गरेको विकास जनताको अगाडि प्रष्ट भएको उनीले बताएका छन् ।

त्यस्तै प्रदेशसभा ‘क’ का उम्मेदवार थपलियाले सुन्दर नगरी निर्माणको जिम्मा आफूहरुलाई दिन मतदाताहरु माझ अनुरोध गरेका छन् । प्रदेशसभा ‘क’ अन्तर्गतका ठाउँहरुको समग्र विकासको लागि एमालेकै सरकार आउनुपर्नेमा उनले जोड दिएका छन् । आफूहरु सधैँ जनताको प्रतिनिधि रहने उनको प्रतिबद्धता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार