कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा पार्किङ गरेर राखेको दुई मोटरसाइकलमा आगजनी गरेको अभियोगमा स्याङ्जा निवासी दिवश रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

१९ वर्षीय रानाभाटलाई मंगलबार पोखरा–१७ बिरौटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले बताए ।  

उनले असोज २६ मा राति पौने १२ बजे शिशु निकेतन मार्गस्थित सन्तोष अर्यालयको स्टोर अगाडि पार्किङ गरी राखेको ग.१२प ८६९८ नम्बरको बुलेट र ग.७प ९७८८ नम्बरको होण्डा शाइन मोटरसाइकलमा आगजनी गरेका थिए।
उनको बयान अनुसार आफ्नो स्कुटरमा तेल सकिएको हुनाले मोटरसाइकलबाट तेल निकाल्ने क्रममा पेट्रोलमा चुरोटको आगो पर्दा आगलागी हुने पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर