चितवन । पूर्वि चितवनका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले २६ शनिबार रे–जेट आर १२५ सिसि एफ.आइ जडान स्कुटरको माइलेज टेस्ट प्रोग्राम गरेको छ ।

उक्त माइलेज टेस्टराइड प्रोग्राममा २३ जना रे–जेट आर १२५ सिसि स्कुटर चढने ग्राहकहरु थिए । नेपालको पहिलो बि एस सिक्स, एफ.आई टेक्नोलोजि स्कुटरमा साइड स्ट्यान्ड इन्जिन कट अफ, स्मार्ट मोटर जेनेरेटर तथा डिजिटल मिटर जस्ता फिचरहरू रहेको स्कुटरको तौल ९९ के जि रहेको छ । उक्त माइलेज टेस्ट प्रोग्राममा प्रत्यक्ष सवारी धनिबाट स्कुटरको माइलेज टेस्ट गरिएको थियो । २३ जना बिच गरिएको उक्त माइलेज च्यालेन्ज कार्यक्रममा औषत माइलेज ७३.०५५ रहेको यामाहा नेपालका इन्जिनियर परिचित अर्यालले जानकारी दिए । माइलेज च्यालेन्ज कार्यक्रम खैरहनी–८, पर्साबाट सुरु गरि नमुना पेट्रोल पम्प, टाँडी,पिठुवा, पदमपुर,खोलेसिमल बजार, हुदै सौराहा होटल सनसेट भीउ पुगेको थियो ।

कार्यक्रममा माइलेज ८०.५९ ल्याई विजेता भएका धन बहादुर खड्का, ८०.०० ल्याई फस्ट रनर अप भएका नबिना खनिया त्यसैगरि ७८.११ ल्याइ सेकेन्ड रनर अप भएका भोला राज सिलवाल लाई एम.ए डब्लु इन्टरप्राइजेजका रिजनल सेल्स म्यानेजर राम बोगटी र पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त र्यालीको व्यवस्थापन पार्टसका मार्केटिङ प्रमुख सबिन नेपाल र एम ए डब्ल्यूका एरिया सेल्स म्यानेजर दिपक कुमार विश्वकर्माले गरेका थिए । कार्ययक्रममा उपस्थित सवारी धनिले यामाहा मोटरसाइकल स्कुटर खरिद गरि सामाजिक कार्यमा हातेमालो गर्न पाएको भन्दै खुसि व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित ग्राहकहरुलाई धन्यवाद दिदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दिदै कार्यक्रमको समापन पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार