काठमाडौं,मंसिर १ । काठमाडौं क्षेत्र -३ ‘२’ का प्रदेशसभा सदस्य उम्मेदवार महेश फुयाँलले आफ्नो उम्मेदवारी निर्वाचनमा सांसद बन्न नभएर जनताको सेवाको लागि भएको बताउनुभएको छ ।

घरदैलोका क्रममा उहाँले मतदाताहरू समक्ष आफ्नो उम्मेदवारी तपाईंहरूकै सेवा र सुविधाको लागि रहेको बताएका हुन् । जनताको साथ सहयोग र आशा सहित निर्वाचनमा होमिएका फुयाँल आफ्नो मुख्य प्रतिस्पर्धीका रूपमा रामेश्वर फुयाँललाई लिएको बताउँछन् ।

राजनिती दल भन्दा पनि मतदाताहरू व्यक्ति विशेष रूपमा मतदान गर्ने पक्षमा रहनु भएको फुयाँलले बताए । देशको राजनिती पृष्ठभूमिले उनलाई गठबन्धनको उम्मेदवारका रूपमा प्रस्तुत गरेको र मित्रवत प्रतिस्पर्धा सहित जम्मा उक्त क्षेत्रमा जम्मा १२ जना उम्मेदवारहरू रहेका छन् ।

को हुन् महेश्वर फुयाँल ?

२०१२ मे २६ मा लुम्बिनी सगरमाथा शान्ति यात्रामा सफल आरोहिका रूपमा चिनिएका फुयाँल सैनिक हिरासत र अमानवीय यातना सहेर निरन्तर रूपमा निष्ठापूर्ण राजनितीमा अविचलित रूपमा अगाडि बढेका छन् ।

शान्ति प्रक्रिया सँगसँगै चुनावी राजनितीमा पार्टीको स-शक्त उपस्थितका लागि सक्रिय भुमिका निर्वाह गरेको ।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा हालका आफ्नै प्रतिस्पर्धी रामेश्वर फुयाललाई जिताउन महत्त्वपूर्ण भुमिका खेलेको र मन्त्री सम्म बनाएको ।

स्थानीय तहको निर्वाचनमा कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन लागि परेको ।

आम निर्वाचन-२०७९ मा उम्मेदवारका रूपमा जनतामाझ पगेको ।

पार्टीको विभिन्न तह र तप्कामा रहेर सक्रिय रूपमा राजनितीमा क्रियाशील रहेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार