काठमाडौँ,मंसिर २ । लगेज, सुटकेस र ब्याकप्याक उत्पादन गर्ने इन्डियन ब्रान्ड सफारीले नेपालमा पनि आफ्नो उत्पादन बिक्री सुरु गरेको छ । १९७४ मा स्थापना भएको सफारी, भारतको सबैभन्दा ठूलो स्वदेशी उपभोक्ता भएको लगेज ब्रान्डहरु मध्ये एक हो ।

शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लिले नेपालमा सफारीको सञ्चालन सुरु गर्न ब्रान्डसँग सफलतापूर्वक सम्झौता गरेको हो । जगदम्बा मोबाइल्स प्रा.लि सफारीको आयातकर्ता तथा राष्ट्रिय वितरक रहेको छ ।

सफारीका लगेज र ब्याकप्याकहरु उच्च गुणस्तर, उत्कृष्ट डिजाइन र प्रयोग गर्न सजिलोका लागि परिचित छन् । सफारीले दुई प्रकारका लगेज, हार्ड लगेज र सफ्ट लगेज बजारमा उपलब्ध गराउदै आएको छ ।

हार्ड लगेजहरु Poly Propylene (PP)/Poly Carbonate (PC) बाट बनेका हुन्छन् । जुन सफारीको गुजरातमा रहेको प्लान्टमा उत्पादन हुन्छ । सफ्ट लगेज र ब्याकप्याकहरु चाहि उत्कृष्ट कपडाहरू प्रयोग गरी विविन्न रंगहरुमा बनाइन्छ ।

सफारी नेपालका बिजनेस हेड सन्तोष श्रेष्ठले सफारी नेपालमा भित्रिएको केहि महिनामै बिक्रेता तथा ग्राहकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउनुभयो । ग्राहकहरुले खोजेको जस्तो हाई क्वालिटीको स्टाइलिश ब्यागहरु दिन पाउँदा खुशी रहेको समेत उहाँले बताउनुभयो ।

उच्च गुणस्तरको लागि परिचित सफारीको लगेजमा ग्राहकहरुले ३ वर्षको अन्तर्राष्ट्रिय वारेन्टी पाउने छन् । भने, सफारीको ब्याकप्याकहरुमा ग्राहकले १ वर्षको अन्तर्राष्ट्रिय वारेन्टी पाउने छन् । नेपालमा उपलब्ध सफारीको सम्पूर्ण लगेज र ब्यागका मोडेलहरु daraz.com उपलब्ध छन् । अनलाइन खरिद गर्न ग्राहकहरुले daraz.com मा गएर सफारीको लगेज र ब्यागहरु खरिद गर्न सक्ने छन् । त्यसैगरी सफारीको लगेज र ब्यागहरु यी आउटलेटहरुमा पनि उपलब्ध रहेका छन् ।

हाल सफारीका ब्रान्डहरू एन्जल्स ब्याग एण्ड लगेज हाउस सुक्रपथ निउरोड, अनुपम स्टोर सितापाइला, बिग डिजिटल कमलविनायक र ग्वार्को,फेसन फायर बिजिमहलमा समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार