राप्ती नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुमा आज बुधबार अनुगमन भएको छ ।

कोरोनाको कारण बन्द रहेको समयमा शुल्क कहिलेबाट लिने भन्ने बिषयमा अभिभावकसँगको भेटघाटमा राप्ती नगर उपप्रमुख सहितको टोलीले अनुगमन गरेको उपप्रमुख इमान सिंह लामाले बताउनुभयो ।

आज राप्ती नगरपालिका भित्रका ५ विद्यालयमा दर्शन स्कुल, सांग्रिला स्कुल, आइरिस इग्लिस एकाडेमी, आदर्श विद्याश्रम र रत्नमित्र स्कुलमा अनुगमन भएको हो ।

सो विद्यालयका अभिभावकसँगको भेटघाटमा नगर अनुगमन समितिले छलफल गरेको हो । अब बाँकि ४ विद्यालयको अनुगमन भोलि अर्थात बिहिवार गर्ने समिती सदस्य एवं कार्यपालिका सदस्य पुष्पा कुँवरले बताउनु भयो।

आजको अनुगमन तथा अभिभावक भेटघाटमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेल, नेकपा क्षेत्रिय कमिटी संयोजक घनश्याम कडेल, राप्ती शिक्षा शाखा प्रमुख शम्भु पौडेल, नगर शिक्षा समिती सदस्य महेश्वर लामिछाने, राप्ती प्याप्सन अध्यक्ष रामकृष्ण पन्त र विद्यार्थीको तर्फबाट अनुज न्यौपानेको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर