चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। खैरहनी माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा प्रतिनिधि सभामा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल बीच मुख्य प्रतिष्पर्धा छ ।

चितवन क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् ।

जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार