
एउटा समय सान्दर्भिक जनचेतनामूलक गित “मोबाइलको लत” को म्युजिक भिडियो सार्वजनिक भएको छ। सचित राज सेढाईको शव्द रहेको यस गितमा सुरज कालाखेतीले सङ्गीत भरेका हुन् भने चर्चित एरेन्जर राजेन्द्र बजगाइले सङ्गीत संयोजन गरेका हुन् । गितमा चर्चित लोकदोहोरी गायिका लक्ष्मी खड्का र प्रभात खनालको आवाज रहेको छ।
मोबाइल फोनको बढ्दो दुरुपयोगलाई आधार बनाएर बनेको भिडियोमा आभा थापा, सचित राज सेढाई, राजु सेढाई लगायतका अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ। चर्चित निर्देशक कुमार केसीको कथा/निर्देशनमा बनेको भिडियो राम केसीले खिचेका हुन् भने मनोज कार्कीले भिडियो सम्पादन गरेका हुन् । गितको भिडियो OSR Digital युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियो: https://youtu.be/KSZZ3_U6Qtk