राप्ती, मंसिर १४ । राप्ती नगरपालिका वडा नम्बर ४ ले सडक डिभिजन कार्यालय भरतपुरलाई ध्यानाकर्षण गरेको छ । आज कार्यालयमै राप्ती-४ का वडा अध्यक्ष केदार आचार्य उपस्थित भइ ध्यानाकर्षण गरेका हुन् । डिभिजन कार्यालयलाई राजमार्ग मर्मत र सुधारको लागि ध्यानाकर्षण पत्र मार्फत अनुरोध गरिएको छ ।

“राप्ती-४ मा केही समय यता सडक दुर्घटना बढ्दो अवस्थामा रहेको छ ।” उनले भने “साँघुरो सडक त्यसमाथि छेउछाउको खाल्डाखुल्डीले दुर्घटना बढाएको छ ।”

पूर्वी चितवनको राप्ती नगरपालिकामा दिनहुँजसो दुर्घटना हुने गरेको छ । दुर्घटनामा परि ज्यान गुमाउने र घाइते हुनेको संख्या पनि बढ्दो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार