प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सीमित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए । 

नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार बिहान दिउँसो २ बजेपछि बस्नेगरी बैठक राखेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो आलोचना गर्दै प्रस्ताव ल्याएपछि चिढिएका ओली बैठकको पक्षमै थिएनन् भने इतरपक्षमाथि दवाव बढाउन उनले एकाएक क्याबिनेट बैठक बोलाएको हुन सक्ने एक मन्त्रीले बताए । ओलीले अफ्ठ्योरोमा पार्न खोजिए दल विभाजनसम्बन्धी प्रस्ताव क्याबिनेटमा ल्याउने हल्ला चलाउँदै सोही अनुसार बैठक बोलाएको ती मन्त्रीको भनाइ छ ।

उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा ओलीले धेरै बोलेनन् भने सामान्य छलफल र केही सामान्य दैनिक प्रशासनिक विषयमा निर्णय लिएर बैठक सकिएको घोषणा गरियो । 

प्रतिक्रिया

सम्बन्धित खवर