सजिलोपाटी संवाददाता –
राप्ती, मंसिर १४ । राप्ती नगरपालिका वडा नम्बर १ ले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । आज बुधबार विधिवत रुपमा नवनिर्मित वडा भवनको उद्घाटन गरिएको छ । राप्ती नगर प्रमुख शमशेर लामाले भवनको उद्घाटन गरेका हुन् ।

गत फागुनमै भवन निर्माणको काम सम्पन्न भइसकेको वडा अध्यक्ष सिद्धिलाल स्याङ्तानले बताए । उनको अनुसार २०७४ भदौ देखि पिप्ले मध्यवर्ती सहकारीको भवनबाट वडाले सेवा सुरु गरेको थियो ।

सहकारीले नि:शुल्क रुपमा २ वटा कोठा उपलब्ध गराएको पनि उनले बताएका छन् । वडाध्यक्ष स्याङ्तानले सहकारीका अध्यक्ष राम बहादुर लामिछाने र व्यवस्थापक बिमलकान्त डल्लाकोटीलाई धन्यवाद व्यक्त गरेका छन् । सोही कोठामा स्वतन्त्र रुपमा काम गर्न पाएकोले आफ्नै भवनमा सर्न हतार गर्न नपरेको उनले बताए ।

७० लाखको लागतमा वडा भवन निर्माण सम्पन्न गरिएको थियो । राप्तीका सबैजसो वडाहरुले आफ्नै भवनबाट सेवा सुरु गरिसकेका छन् । राप्तीका पहाडी भेगका वडा ११ र १२ को भवन निर्माण पूरा भएको छैन । वडा भवन निर्माण गर्ने कामदारहरुको ट्याक्टर दुर्घटना भएपछि राप्ती-११ को भवन निर्माण कार्य रोकिएको र राप्ती-१२ को जग्गा प्रक्रियाले ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार