राप्ती, मंसिर १४ । राप्ती नगरपालिका वडा नम्बर ८ ले स्वास्थ्य सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो भवन प्राङ्गणमा वडाले महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर परिक्षण तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा १ सय जनाले परिक्षण दर्ता गराएका थिए । जसमा तीन जनामा स्तन गाँठो परेको समस्या, पाँच जनामा पाठेघरको मुखमा समस्या, दुई जनामा भिआईए पोजिटिभ (VIA Positive),चार जनामा पाठेघर सम्बन्धि समस्या र २० जनामा मुखको समस्या देखिएको छ । त्यस्तै जनचेतनामूलक कार्यक्रमको ५ सय जना भन्दा बढीले लाभ लिएका छन् ।

महिलाहरुमा त्यस्ता समस्याले जटिलता पैदा गर्ने भएकोले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष पूर्ण आचार्यले बताउनुभयो । कार्यक्रममा सहयोगी भुमिका निभाउनु हुने सम्पूर्णमा उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।

गरिमा कडेँल मेमोरियल ट्रष्ट ज्येष्ठ, नागरिक संघ लालीगुराँस उपशाखाको संयोजन रहेको कार्यक्रममा वी.पी. कोइराला क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार