मङ्सिर १८, चितवन ।
राप्ती नगरपालिकाका मेयर शमशेर लामाले अत्यन्त बिपन्न एवम् दयनीय अवस्थामा एक्लो जीवन ब्यतित गरिरहेका राप्ती नगरपालिका-६, रामपुर झर्ना, चितवन निवासी ६४ वर्षीय शंखु दराईको लागि घर बनाइदिने घोषणा गरेका छन् ।
शारीरिकरुपमा समेत अशक्त रहेका शंखु दराईलाई आज नै मेयर लामाले सिरक, डसना, तन्ना, तकिया, चामल, दाल, नुनतेल, मरमसला हस्तान्तरण गरेका छन् र आजबाट नै उनको घर बनाउन शुरु गर्ने बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा राप्ती नगरपालिकाका उप मेयर देवेन्द्र लामा, युवा समाजसेवी कुबेर लामा, रामबहादुर सारुमगर, संचारकर्मीद्वय मनोज पन्त र दिलिप डल्लाकोटीको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार