राप्ती, मंसिर १८ । राप्ती नगरपालिकाले राष्ट्रिय एकीकृत सुचना प्रणाली अन्तर्गतको पोर्टल सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रम आयोजना गरि राप्ती नगर प्रमुख शमशेर लामाले यसको उद्घाटन गरेका छन् ।

पोर्टलले विपदको बारेमा जानकारी दिने डिआरआर फेलो इन्जिनियर पृथ्वी श्रेष्ठले बताए । कार्यक्रममा पोर्टलको ब्रिफिङ गर्दै उनले विपदको व्यवस्थापनमा खट्ने फोकल पर्सन देखि संघसंस्थासँग भएको सामाग्रीहरुको बारेमा जानकारी दिने उनले बताए । विपदबाट भएको धनजनको क्षति र घटनाबारे यसले जानकारी दिने उनको भनाइ थियो । यसले डाटा संकलनलाई सघाउ पुग्ने मात्र नभई विपदबाट हुनेसक्ने खतराको बारेमा जानकारी दिने पनि श्रेष्ठले बताए ।

 

संकलन गरिएको डाटा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई हस्तान्तरण गर्नुहुँदै शमशेर लामा

नगर प्रमुख शमशेर लामाले पोर्टलले विभिन्न ठाउँको वर्गीकरण गरेको बताए । ” राप्तीका विभिन्न क्षेत्रमा विपद सम्बन्धि कुराहरुलाई पहिचान गर्न यसले सजिलो बनाएको छ ।” उनले भने “पहिले सञ्चालनमा ल्याउनुपर्थ्यो तर विभिन्न कारणवश ढिलाइ भयो ।” विपद सम्बन्धि आवश्यक कुरा पत्ता लगाउन पोर्टलले महत्त्वपूर्ण भुमिका खेल्ने उनले बताएका छन् ।                                                                                                            कार्यक्रममा नगर उपप्रमुख देवेन्द्र लामा, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
raptimunchitwan.bipadportal.gov.np मा लग इन गरि पोर्टल भिजिट गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार