आउदो पुष १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । फिल्मको कथावस्तु आर्यन सिग्देल र उपासना सिहं ठकुरी को वरपर घुमिरहेको छ । प्रवीण झा निर्देशित फिल्ममा आर्यन र उपासना बाहेकोसुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय रहेको छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन भने कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् । राजकुमार भट्ट निर्माता रहेको फिल्ममा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार