राप्ती,पुस २ । ज्येष्ठ नागरिक संघ राप्ती नगर कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नगर प्रमुख शमशेर लामाले समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले समितिको कार्य अवधि स्वर्णिम बनाउने बताउनु भएको छ । “तपाईहरुले बनाउनु भएको नीति र कार्यक्रमहरुलाई हामीहरुले चौतर्फी सहयोग गरेर सफलता बनाउनेछौँ ।” उहाँले भन्नुभयो “राप्ती नगरपालिका भरि रहनुभएका ज्येष्ठ नागरिकहरुको संकल्प पूरा गर्न हामीहरु नङ र मासुको झैँ सम्बन्ध रहनुपर्छ । हामी अगाडि बढे राप्ती नगरपालिका समृद्ध हुने हो ।”

ज्येष्ठ नागरिक संघ, राप्ती नगर कमिटीका पदाधिकारीहरुको साथमा नगर प्रमुख शमशेर लामा

कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख अजमाया दुराले गर्नुभएको थियो । उहाँले ज्येष्ठ नागरिकको हितका लागि नगरले विभिन्न कार्यक्रमहरु अगाडि ल्याउने बताउनु भएको छ । नगर भरिका ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै समिति गठन गरिएको पनि उहाँले बताउनु भएको छ ।

ज्येष्ठ नागरिक संघ राप्ती नगर कमिटीको प्रथम अधिवेशनबाट फणिन्द्रराज पाठकको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको थियो । संघको उपाध्यक्षमा धर्मराज कँडेल, सचिवमा हेमराज ओली, सह-सचिवमा रुप बहादुर थिङ र कोषाध्यक्षमा पुर्नीमाया प्रजा चयन हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार