राप्ती, पुस २ । राप्ती जेसिजको अध्यक्षमा सुजन थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको तेस्रो अधिवेशनमा थापा जेसी बर्ष २०२३ का लागि अध्यक्षमा चयन भएका हुन् । जेसी बर्ष २०२२ मा उनी कानुनी सल्लाहकारको पदमा थिए ।

त्यस्तै अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुदन उप्रेती र संजय काराखेती, उपाध्यक्षहरुमा प्रेम उपाध्यक्ष, गोकर्ण अर्याल, रमेश रेग्मी र पिमलाल सापकोटा सर्वसम्मत चयन भएका छन् ।

निर्देशकमा गणेश पाठक, शुभाष पौडेल र सन्दीप उप्रेती चयन भएका छन् । जेसीजको विधान अनुसार पदाधिकारीहरु चयन गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश सेढाईले बताए ।

अध्यक्षमा निर्वाचित भएपछि थापाले जेसीजका सबै सदस्यको मनोभावलाई बुझेर काम गर्ने बताए । आफ्नो कार्यकालमा धेरै भन्दा धेरै समाजिक काम गर्ने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार