सुजन तिमल्सिना,नुवाकोट। बेलकोटगढी नगरपालिका-१ र २ का विभिन्न बिद्यालयहरू खुल्न थालेका छन् । देशमा कोरोना महामारीका बाबजुद पनि विद्यालयमा अनिवार्य माक्स,सेनेटाईजर र सामाजिक दुरी सहित पठनपाठन शुरूवात गरिएको छ ।

विभिन्न बिद्यालयहरू कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय तहमा कुनै पनि बाहिरी मानिसको आवतजावत नभएको र कोरोना सङ्क्रमित शून्य रहेका कारणले विद्यालयहरू खुलाइको प्रशासनको दाबी रहेको छ।

विद्यार्थीहरूलाई सुरक्षित रूपमा पठनपाठन गराउन र उनिहरूको भविष्यप्रति र शिक्षाको क्षेत्रलाई पनि कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै विद्यालयहरू सरकारले र स्थानीयतहले लागू गरेका नियमहरूको पालन गर्दै विद्यालयहरू सुचारू भएका छन्।

जोखिमको मूल्याङ्कन गरी विद्यालय खोल्न सकिने प्रावधान शिक्षा-विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेसँगै कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहहरूका विद्यालयहरू उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको हुन थालेका छन्।

त्यससँगै विद्यालयहरू खोल्ने बाटो खुलाएपछि नुवाकोटका पनि विभिन्न विद्यालयहरू खुल्न थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार