
चितवन जिल्लाको राप्ती नगरपालिकामा अवैध रुपमा लगाइएको लागुऔषध गाँजा र अफिम खेती नष्ट गरिएको छ । सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले पौष १९ र २० गते खेती नष्ट गरेको हो ।
राप्तीको वडा नं. ११ स्थित थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला र वडा न. १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अबैध रुपमा लगाएको २० बिगाहा गाँजा र ७ कठ्ठा अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।