राप्ती, पौष २४ । राप्ती नगरपालिकाले ५ बर्ष देखि ११ बर्ष उमेरका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउने भएको छ । पौष २५ गतेदेखि २८ गतेसम्म पहिलो र दोस्रो मात्राको खोप लगाइने राप्ती नगर स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताएका छन् । बिहान ११ बजेदेखि ३ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने उनले सजिलोपाटीलाई बताएका छन् ।

कोभिड विरुद्धको खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई समयमै खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ शाखाले अनुरोध गरेको छ । खोप लगाउन आउँदा जनस्वास्थ्यको मापदण्ड पूरा गर्न पनि शाखाले अनुरोध गरेको छ । पिप्ले स्वास्थ केन्द्र, भण्डारा अस्पताल र बीरेन्द्रनगर स्वास्थ चौकीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार