यस लियो क्लब अफ भरतपुर युथद्धारा सुरु गरिएको “हामी खाना खुवाउछौ-अभियान” अन्तर्गत तेस्रो चरणको कार्यक्रम भोलि( २०७७-०५-१६) हामी पुन: नारायणी किनार परिसरमा गरिने भएको छ।

उक्त कार्यक्रम बेबारिसे ब्यबस्थापन तथा पुर्नस्थापन केन्द्र चितवन र लियो क्लब अफ चितवन ग्रीनसँगको सहकार्यमा गरिने भएको छ। यस अभियान अन्तर्गत अनाथ, असाहाय र अलपत्र परेका ब्यक्तिहरुलाई खाना (दाल,भात,तरकारी) खुवाइने छ।

यस अभियानमा मुख्य कुरा सहयोगको जरुरी हुने कुरा जेपी युथ क्लबका अध्यक्ष तथा भरतपुर युथका सदस्य अविप कडेँल बताउछन्।

यस अभियानमा हजुरहरुले धैरै, थोरै केहि सहयोग गर्न चाहानु हुने महानुभावहरुले निम्न फोन नम्बरमा सम्पर्क गर्न सक्नु हुने व्यहोरा उनीले सजिलोपाटीलाई जानकारी दिए ।
सम्पर्क न:
दिपेश ज्ञवाली:9845635174
अबिप कंडेल:9869776261

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार