पूर्वी चितवनको राप्ती नगरपालिका भित्रका हिजो बाँकी भएका संस्थागत विद्यालयहरुमा आज बिहिवार अनुगमन भएको छ ।

कोरोनाको कारण बन्द रहेको समयमा शुल्क कहिलेबाट लिने भन्ने बिषयमा अभिभावकसँगको भेटघाटमा राप्ती नगर उपप्रमुख सहितको टोलीले अनुगमन गरेको उपप्रमुख इमान सिंह लामाले बताउनुभयो ।

आज राप्ती नगरपालिका भित्रका ४ विद्यालयमा माउन्ट एभरेष्ट इ. बो .स्कुल, साकुरा एकेडेमी, पिसल्याण्ड, विद्या मेमोरियल स्कुलमा अनुगमन भएको हो ।

सो विद्यालयका अभिभावकसँगको भेटघाटमा नगर अनुगमन समितिले छलफल गरेको हो ।

आजको अनुगमन तथा अभिभावक भेटघाटमा राप्ती नगर उपप्रमुख इमान सिंह लामाको संयोजनमा नगर शिक्षा शाखा प्रमुख शम्भु पौडेल ,श्रोत व्यक्ति सोमनाथ, राप्ती नगर सल्लाहकार तथा नगर शिक्षा समिति सदस्य घनस्याम कँडेल, राप्ती नगर कार्यपालिका सदस्य तथा नगर शिक्षा समिति सदस्य एवम् सामाजिक विकास समिति सदस्य पुष्पा कुँवर, नगर शिक्षा समिति सदस्य महेश्वर थपलिया,बिष्णु हरि कंडेल, प्याब्सन राप्तीका अध्यक्ष रामकृष्ण पन्त, विद्यार्थीको तर्फबाट काशिराम चालिसे र अनुज न्यौपाने, संस्थागत विद्यालयका शिक्षक, अभिवाभकहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार