राप्ती, पौष २४ । राप्ती नगरपालिकामा ‘प्रथम राप्ती फुटबल कप’ हुने भएको छ । यही पौष २७ गते पिप्ले युवा समाजको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता क्लबको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा १० वटा टीमको सहभागीता रहने छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी द्वितीय हुनेले १ लाख नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको कार्यक्रम संयोजकले चिरञ्जीवी पाठकले बताए ।

उद्घाटन खेल पिप्ले युवा समाज र बसन्तपुर युनाइटेड माडी बीच खेल हुनेछ भने प्रतियोगिताको फाइनल खेल माघ ८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार