राप्ती नगरपालिका-८ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । मिति २०७९ पौष २६ गते मंगलबार संस्थाले आफ्नो तेस्रो साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाको आय व्यय तथा बाह्य लेखा प्रतिवेदन कर्मचारी व्यवस्थापक रुकु चौलागाँईले प्रस्तुत गरेकी थिइन् भने भावी कार्य योजना अध्यक्ष अर्जुन अधिकारीले प्रस्तुत गरेका थिए । यस्तै आन्तरिक लेखा सम्बन्धि प्रतिवेदन र सुझाव लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री इन्द्र प्रसाद सिलवालले प्रस्तुत गर्नु भएको थियो ।

तेस्रो साधारण सभाको कार्यक्रममा संस्थाका उपाध्यक्ष डोलनाथ गिरी, कोषाध्यक्ष सबिता पुडासैनी, संचालक सदस्य क्रमशः हरि बहादुर क्षेत्री, प्रदिप कुमार अधिकारीको उपस्थित रहेको थियो । सभामा सचिव सुदन उप्रेतीले प्रस्ताव पेस गरेका थिए ।

संस्थाले सदस्य सामु विभिन्न सेवा ल्याएको छ । जसमध्ये हाम्रो स्मार्ट बैंकिङ्ग एप संचालन सो एपबाट बैंकमा पैसा पठाउन मिल्ने,बैंक खातामा रहेको रकम यस सहकारीमा रकमान्तण हुने, ईसेवा, खल्ती, आईएमई वालेटमा पैसा हाल्न मिल्ने, मोबाइल रिचार्ज, बिजुली तथा खानेपानी बिल भुक्तानी, टि.भी. रिचार्ज, ईन्टरनेट महसुल भुक्तानी, हवाई टिकट, NTC/Ncell डाटा प्याक लिन मिल्ने, बिमाको प्रिमियम भुक्तानी, रेमिट्यान्स गर्न मिल्ने साथै आफ्नो खाताको विवरण हेर्न मिल्ने, चेक आदेश दिन मिल्ने, चेक वा भुक्तानी पुर्जा बिना E-Teller मार्फत बचत फिर्ता गर्न सकिने, खल्ती एपबाट संस्थाबाट लिएको ऋण भुक्तानी गर्न सकिने रहेका छन् ।

साधारणसभाले महत्वपूर्ण निर्णयहरु पनि गरेको छ । जसमा कर्मचारीलाई सामाजिक सुरक्षा कोष आवद्ध गराउने, बिना धितो ऋण लगानीमा न्यूनीकरण गर्ने, ऋण बिमा गर्ने, युवा स्वरोजगार ऋण लिन पहल गर्ने रहेका छन् । संस्थाले गत बर्ष भन्दा यस बर्ष वासलाततर्फ कुल सम्पत्ति २५.३६ प्रतिशतले वृद्धि गरेको छ ।  संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान पनि गरेको थियो ।

साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष अर्जुन अधिकारीले गरेका थिए । प्रमुख अतिथिमा राप्ती वडा नम्बर ८ का अध्यक्ष श्री पुर्ण प्रसाद आचार्य, विशिष्ट अतिथिहरु राप्ती वडा नम्बर ७ कि अध्यक्ष श्री सुमिता डल्लाकोटी, राप्ती नगरपालिका सदस्य श्री भक्त बहादुर सुनार, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष श्री राज कुमार कंडेल , अतिथिहरुमा क्रमशः खुवी साकोसकी संचालक सदस्य बन्धना सेढाई, राप्ती महिला कृषि सहकारी संस्थाकि उपाध्यक्ष हिमला कुमारी पाण्डे, नव उद्यमी कृषक दुग्ध उत्पादक सहकारी संस्थाको उपाध्यक्ष पदम राज डल्लाकोटी, नेपाल रेडक्रस सोसाइटी विरेन्द्रनगर उपशाखाका अध्यक्ष श्री हरि शरण डल्लाकोटी, साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रतिनिधि श्री नवराज अर्याल, निवर्तमान कोषाध्यक्ष बिनिता उप्रेती, निवर्तमान संचालक सदस्य श्री सुमन पाठक  रहेका थिए । संस्थाको सचिव श्री सुदन उप्रेतीले संचालन गरेको कार्यक्रममा  स्वागत मन्तव्य संस्थाका शेयर सदस्य निरज कँडेलले राखेका थिए । संस्थाको मुल “नारा राम्रो पनि हाम्रो पनि साथ पनि सहारा पनि” प्रविधि तर्फ “प्रविधि सँगसँगै हाम्रो साकोस अनि हामी पनि” रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार