राप्ती, पौष २७ । प्रथम राप्ती फुटबल कपको उद्घाटन खेलमा पिप्ले युवा समाज विजयी भएको छ  । बुधबार भएको आयोजक पिप्ले युवा समाज र बसन्तपुर युनाइटेड माडी बीचको खेलमा ४-२ को अन्तरले आयोजक टीम विजयी भएको हो ।

दुबै टीमले पहिलो हाफमा १-१ को समान गोल जोडेको थियो । दोस्रो हाफमा आयोजक टीम हावी भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजयी टीमका क्याप्टेन शशिल थापा म्यान अफ द म्याच घोषित भए । भोलि बिहीबार हेटौंडा एकाडेमी र केबीए ग्लोबलबीच खेल हुनेछ । आजबाट सुरु भएको खेल माघ ८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार