बागमती प्रदेश सरकारका नव नियुक्त आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया जनताको घरदैलोमा पुगेका छन् । सत्ता साझेदारीसँगै चितवन १ प्रदेश १ बाट निर्वाचित थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका थिए । आफूले कार्यभार सम्हालेसँगै उनी अहिले जनताको गुनासो सुन्दै र आवश्यकता बुझ्दै अगाडि बढेका छन् ।

अहिले उनी जन सरोकारका विषयहरू एवम् जनपक्षीय विकासका योजनाहरु तर्जुमा गर्न स्थलगत अध्ययन, अनुगमन र निरीक्षणमा खटिरहेका छन् । यसै क्रममा उनले खैरहनी ३, १० र ११ को स्थलगत निरीक्षण गरेका छन् ।

त्यहाँको आवश्यकताको पहिचान गरि आफूले योजनाको तर्जुमा गर्ने उनको भनाइ रहेको छ । जनभावना अनुसार आफूले काम अघि बढाउने उनले बताए । “जनताहरुसँगको सम्बन्ध अटुट राख्न यस्ता भेटघाटहरू आगामी दिनहरुमा पनि निरन्तरता दिनेछौँ ।” उनले भने ।

आफू अहिले प्रदेशका १३ वटै जिल्लाको मन्त्री भएकोले समुचित विकासमा ध्यान दिने पनि मन्त्री थपलियाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार