राप्ती । राप्ती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केदार आचार्य वृद्धवृद्धाको स्वास्थ अवस्था बुझ्दै घरघर पुगेका छन् । अहिले जाडोमा मुख्यगरि वृद्धवृद्धाहरुलाई समस्या हुने भएकोले उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै घरदैलोमा पुगेको उनले बताएका छन् ।

यसैक्रममा उनले ७३ बर्षीय गोमा श्रेष्ठलाई ह्वील चियर प्रदान गरेका छन् ।  ५ बर्ष देखि प्रेसरको कारणले शरीरको देब्रे भाग प्यारालाइस भएका श्रेष्ठलाई उनले ह्वील चियर प्रदान गरेका हुन् । भित्र बाहिर गर्न गाह्रो भएको र ह्वील चियर भएसँगै अब सहज हुने उनका श्रीमान गौरीदास श्रेष्ठले बताए ।

वडा अध्यक्ष आचार्यले ८९ बर्षीय मनमाया श्रेष्ठ, १०५ बर्षीय सीता श्रेष्ठलाई भेटघाट गरेका छन् । पोसिलो खानेकुरा सहित उनले वृद्धाहरुलाई भेट गरेका हुन् ।
त्यसैगरि उनले अन्य वृद्धहरुको स्वास्थ अवस्था र आवश्यक बुझ्ने काम गरेका छन् ।

वृद्धवृद्धाहरु खुशी हुनु भनेको भगवान खुशी हुनु हो भन्ने मान्यता आचार्यको रहेको छ । केही समय अघि उनले सय जना भन्दा बढी वृद्धवृद्धालाई जनकपुरधामको दर्शन गर्न लगेका थिए । आज वडा सदस्य झमक बहादुर श्रेष्ठ र वडा अध्यक्ष आचार्य वृद्धवृद्धाको भेटघाटमा रहेका थिए ।                                                     

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार