राप्ती, माघ ४ । राप्ती नगरपालिका २ मा विवादमा रहेको सरकारी जग्गामा बाटोको निर्माण कार्य सुरु भएको छ । विगत चार बर्ष देखि विवादमा रहेको बाटोको आज केही विवादको बाबजुद पनि निर्माण कार्य सुरु गरिएको हो ।

कुलोमा रुपमा रहेको करिब २ किलोमिटर सरकारी जग्गा अव्यवस्थित अवस्थामा रहेको थियो । राप्ती-२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीका अनुसार जग्गाको चौडाइ सरदर साँढे २ मिटरको रहेको छ । जग्गालाई बाटो बनाइ निर्माण गर्दा मुख्य राजमार्गको वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सकिने उप्रेतीले बताएका छन् । जसले दुर्घटना न्युनीकरणमा सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

बाटो विवाद वडा अध्यक्ष उप्रेतीको पहिलो कार्यकालमै परेको हो । त्यसबेला नै नगरपालिका र वडालाई विपक्षी बनाएर मुद्दा परेको थियो । जिल्ला अदालत र पुनरावेदनले स्थानीय सरकारलाई काम गर्न मार्ग प्रशस्त गरेको उप्रेतीले बताए । “यो अघिल्लो कार्यकालबाट अवरोध भएर बसेको जग्गाको अहिले यो कार्यकालमा सुरुवात गर्न लागेको हुँ ।” उनले भने “यहाँ धेरै मानिसहरुको सहमति छ, नक्सामा जति छ त्यति मात्रै काममा ल्याउँछौ भन्दा पनि केही दुइचार जनाले अवरोध गर्नुभएको छ ।”

केही जग्गा धनी र वडा अध्यक्ष उप्रेती बीचको चर्काचर्की पछि डोजरले बाटो सम्याउने काम अगाडि बढेको हो । कतिपय जग्गाधनीहरुले राम्रो काम भन्दै समर्थन गरेका छन् भने केहिले अझ केही समय कुरेर कामलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार