
वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चको खैरहनी नगरपालिका नगर समिति संयोजकमा आशिष लम्साल मनोनीत भएका छन्।
जननायक वी.पी. कोइरालाको निति,विचार र सिद्धान्तलाई गाउँगाउँ पुर्याउने र लोकतन्त्रमा विश्वास राख्ने युवाहरुको नेतृत्व र व्यक्ति विकास गर्ने प्रमुख उद्देश्यका साथ गठन गरिएको मञ्चमा चितवन जिल्ला खैरहनी नगरपालिका नगर समिति संयोजकमा लम्साल मनोनीत भएका हुन्।
मञ्चका केन्द्रीय अध्यक्ष निलकण्ठ रिजाल सहितको समितिको छलफलबाट सचिव प्रभाकर (इश्वर) श्रेष्ठले लम्साललाई जिम्मेवारी दिएका हुन्।