राप्ती, माघ ६ । चितवनको राप्ती नगरपालिकामा सञ्चालन भएको प्रथम राप्ती फुटबल कपको उपाधि २८ बिघा फुटबल क्लबले जितेको छ । शुक्रबार भएको भरतपुर फुटबल क्लबसँगको फाइनल खेलमा पेनाल्टी शुटआउटमा २८ बिघा फुटबल क्लब ५-४ को गोल अन्तरले विजयी भएको हो ।

खेलको निर्धारित समयसम्म दुबै टीमले समान १-१  गोल जोडेको थियो । कुनैपनि टीमले दोस्रो गोल नगरेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो ।

विजयी टीमले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा उप-विजेता हुने टीम भरतपुरले नगद १ लाख सहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजयी टीमका खेलाडी कुलदीप कार्की म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका फलकुन्दे अबायोमी म्यान अफ द सिरीज घोषित भएका छन् । पौष २७ गतेबाट प्रतियोगिता सुरु भएको खेलमा १० टीमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार