राप्ती, माघ ९ । लियो क्लब अफ चितवन स्टारले आगोलागी पिडितलाई खाद्यान्न सहयोग गरेको छ । क्लबले इन्दिरा सिलवाल र मन्दिरा सिलवालको सहयोगमा खाद्यान्न सहयोग गरेको हो । राप्ती–११ स्थित सिमलडाँडाका तोक बहादुर चेपाङ र बुधराम चेपाङको घरमा केहि दिन अगि आगलागी भएको थियो । सो परिवारलाई क्लबले न्यायो कपडाहरु सिरक, तन्ना, डसना, झुल र खाद्यान्न सामग्रीहरु चामल, नुन, तेल, मसाला वितरण गरिएको लियो क्लब अफ चितवन स्टारका अध्यक्ष अविप कँडेलले बताए । आगोले जलेर सबै नष्ट भएका कारण सामाग्रीहरु सहयोग गरिएको पनि उनले बताएका छन् । कँडेलले सामाग्रीहरु खरिद गर्न सहयोग गर्ने दुबै जनालाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार