खैरहनी, माघ २१ । चितवनको खैरहनी नगरपालिकामा जारी चितवन जिल्लास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हाइलाइट्स फुटबल क्लब विजयी भएको छ । शनिबार भएको खेलमा गैरीबारी फुटबल क्लबसँग हाइलाइट्स फुटबल क्लब ८-० को गोल अन्तरले विजयी भएको हो ।
खेलको पहिलो हाफमा ३-० को गोल अन्तरले हाइलाइट्सले अग्रता लिएको थियो । दोस्रो हाफमा थप ४ गोल गर्न विजयी टीम सफल भयो । खेलमा ५ गोल प्रहार गरेका विजयी टीमका क्याप्टेन भीष्म घिमिरे म्यान अफ द म्याच घोषित भए ।
भोलि आइतबार २ खेल हुनेछ । पहिलो शिफ्टमा न्यु हिमालयन फुटबल क्लब र कञ्चनबस्ती युथ क्लब खेल हुनेछ भने दोस्रो शिफ्टमा लामा स्पोर्ट्स र सौराहा एफसी बीच खेल हुनेछ । कठार युथ क्लबको आयोजनामा आजबाट सुरु भएको खेल फागुन ३ गतेसम्म चल्नेछ ।